सूर्यविनायक जंगलमा मानव कंकाल भेटियो


९ श्रावण २०७८, शनिबार
received 1511790205848781 ClE9vbgwK5

भक्तपुर, ९ साउन । भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुको जंगलमा काफलको रुखमुनी मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

काफलको रुखमा डोरी झुण्डिएको अवस्थामा त्यसको तल मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए । रुखमुनि मानव कंकाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि महानगरीय प्रहरी बृत जगातीबाट प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमाण्डमा गएको प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको डिएसपी गिरीले बताए ।

घटनास्थलमा रातो रंगको म्याजिक चप्पल र माटो लागेका केही कपडा पनि फेला परेको छ । मानव कंकाल परीक्षको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट, भक्तपुर लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७