टोकियो ओलम्पिक : आजदेखि नेपालका खेल शुरु हुँदै


९ श्रावण २०७८, शनिबार

काठमाडौं, ९ साउन । टोकियो ओलम्पिकमा आज (शनिबार) देखि नेपालका खेल शुरु हुँदैछ । आज सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन् ।

भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् । आउने जुलाई २७ मा पौडीका एलेक्जेन्डर शाह (एलेक्स)ले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले त्यही इभेन्ट्समा खेल्ने तालिका छ ।

जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिने छिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन हिजो भएको हो ।

जापानको राजधानी टोकियोमा हिजो विशेष समारोहकाबीच उद्घाटन गरिएको हो । समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों, अमेरिकाकी प्रथम महिला जिल बाइडेनलगायत उपस्थित भएका थिए । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्सले बोकेका थिए । सङ्क्रमण जोखिमकै कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा विशेष जोड दिइएको छ । दर्शकको उपस्थिति बिना नै प्रतियोगिता हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७