मन मिल्ने सँगिनीको खोजीमा तक्मे


१९ फाल्गुन २०७४, शनिबार
takme budha

काठमाडौं: पातलो लामो लामो दाह्रीजुँगा । अनिवार्य दौरासुरुवाल, कोट र उनको टोपी । साथमा उनको झोला र गल्बन्दी । यो हुलिया हो विल्सन विक्रम राई उर्फ तक्मे बुढा । सधैँ लाहुरेको बखान गर्ने तक्मे आज भोलि केही रूप परिवर्तन गरेका छन् । उनी प्राय कार्यक्रममा सुँगुर बखानेर उपस्ति दर्शकलाई आनन्द दिलाऊँ छन् । जे भए पनि उनलाई चिनाउँने चाहिँ तक्मे बुढा नै हो भन्दा फरक नपर्ला ।

takme budha
फाइल तस्बिर

तक्मे प्रति सधैँ उनको आफन्त छिमेकी र फ्यानहरुको सबैको एउटै चासोको विषय हो अब तक्मेले कहिले विवाह गर्छ । कसैले त भन्छन् तक्मे बुढो भयो । उनले पुरा गर्न पनि यही प्रश्नको उत्तर हो । तर, अब उनले त्यो प्रश्नको जिज्ञासा मेटाएका छन्, रियलमा हैन रिलमा । भरखरै युट्युबमा सार्वजनिक भएको एक कमेडी सिरियल फुर्के नम्बर वानमा उनले गीतको शैलीमा भनेका छन् ।

उनले गीतको माध्यकबाट भने पनि यथार्थ चाहिँ हो । तक्मेले कहिले विवाह गर्छ । उक्त गीतको शब्दले तक्मे मन मिल्ने सँगिनीको खोजीमा छ । तर, वास्तविक जीवनमा चाहिँ छ छैन त्यो उनकै कुरा हो । आँकलन गर्न चाहिँ सकिन्छ पक्कै पनि आवश्यक छ । उनले उक्त कमेडी भिडियोमा समावेश गरिएको गीतमा भनेका छन्:

‘पूवैको हाप्पारे पश्चिमको देउडा
मन मिल्ने दौँतरी खोज्दै छु म एउटा’
पुवैमा मेची नदी पश्चिमा महाकाली
घर जमै होलानी हौ यसै पाली’

वास्तवमा यो शब्द जत्ति आकार्षक छ त्यति नै राम्रो गीत पनि । हुन त यो गीत तक्मेको सिर्जना मात्र होे । तर, वास्तविक जीवनसँग मज्जैले मेल खाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७