कस्तो रहला आजको मौसम ?


९ श्रावण २०७८, शनिबार
kathamandu

काठमाडौं, ९ साउन । पानी पार्ने न्यून चापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमले बताएका छन् । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहँदा आज विहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य वदली रहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भाबना रहेको हुनाले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७