कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता


९ श्रावण २०७८, शनिबार
Dubera bepatta
सांकेतिक तस्विर

बर्दिया, ९ साउन । बर्दियाको कर्णाली नदीमा नुहाउन गएका दुई जना बालबालिका बेपत्ता भएका छन् । गेरुवा गाउँपालिका–६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएको इप्रका पाताभारले जनाएको छ ।

शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजु बहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै खोजी शुरु गरिएको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७