खोटाङ केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प


९ श्रावण २०७८, शनिबार
earthquake 0pu0boTIlz

खोटाङ, ९ साउन । खोटाङ केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । खोटाङको खार्मी केन्द्रविन्दु भएर शुक्रबार साँझ ६ बजेर ५७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार खोटाङमा गएको भूकम्प गोरखा भूकम्पको परकम्प होइन् । ‘यो नयाँ भूकम्प हो,’ भट्टराईले भने । शुक्रबार बिहान भक्तपुरको सल्लाघारी केन्द्र विन्दु भएर ३ दशमलव ५ म्याग्नेच्युडको परकम्प गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७