यान किएनले जितिन् जापानमा जारी ओलम्पिकमा पहिलो स्वर्ण पदक


९ श्रावण २०७८, शनिबार
yang dLX1ibpR3t

काठमाडौं, ९ साउन । जापानको टोक्योमा जारी ओलम्पिकमा चीनकी याङ किएनले पहिलो स्वर्ण पदक जितेकी छन् ।

सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन् । गालासिनाले रजत जितिन् भने स्विट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य (तेस्रो) पदक पाएकी छन् ।

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी याङले २५१.८ स्कोरका साथ ओलम्पिक रेकर्ड पनि बनाएकी छन् । गालासिनाले १५१.१ स्कोर गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७