पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध, यात्रु अलपत्र


९ श्रावण २०७८, शनिबार
pahiro parbat

डोटी, ९ साउन । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिरोका कारण राजमार्ग बन्द भएको हो ।

अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७