महाराष्ट्रमा बाढी–पहिरोबाट ११० जनाको मृत्यु, अझै केही दिन भारी वर्षा हुने


९ श्रावण २०७८, शनिबार
maharastra barsa

नयाँदिल्ली, ९ साउन । भारतको महाराष्ट्रमा बाढी पहिरोमा परेर ११० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बाढी पहिरोमा परेको बताइको छ । वर्षाले सयौं गाउँ प्रभावित भएका छन् ।

लगातारको वर्षासँगै आएको बाढीका कारण सयौंको संख्यामा भौतिक संरचनाहरु नष्ट भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । पीडितहरुको उद्दारका लागि सुरक्षाकर्मीहरु परिचालित छन् । बाढीका कारण तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका थिए ।

बाढीका काररण विभिन्न जिल्लामा सडक सञ्जालहरु टुटेका छन् । यस्तै पहिरो र डुवानमा परेकाहरुलाई राहतको आवश्यक परेको अधिकारीहरुले जनाएका छन् । लगातारको वर्षाका कारण भारतका ३० भन्दा बढी राज्यहरु प्रभावित भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितहरुको उद्दार तथा राहतका लागि मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मौसम विभागका अधिकारीले अझै केही दिन भारी वर्षा हुने भन्दै सचेत रहन अपीलसमेत गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७