११ किलो चरेशसहित तीन जना पक्राउ


९ श्रावण २०७८, शनिबार
charesh

सर्लाही, ९ साउन । सर्लाहीको मलंगवाबाट प्रहरीले ११ किलो लागु औषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा नेपाल भारत सीमा नजिक मलंगवा नगरपालिका २ बाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चरेशसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका–११ बीरबहादुर बल, सोही जिल्ला कैलाश गाउँपालिका–५ का सुकराम पाख्रीन र काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका–११ का सुकलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।

प्रहरीले शंका लागेर चेकजाँच गर्दा बलको साथबाट ५ किलो ५०० ग्राम चरेश र एक थान मोबाइल, पाख्रीनको साथबाट ५ किलो ६०० ग्राम चरेश र तामाङको साथबाट एक थान मोबाइल त्यसमा लागेको एक थान नेपाली एक थान भारतीय सीम र १६ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

प्लाष्टिकको ग्यालेनमा चिप्स बनाएर ब्यागमा लुकाइ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ । ग्यालेनमा ४५ ओटा चिप्स बनाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो । पक्राउ परेकाहरु माथि लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७