गुरुपूर्णिमामा फोटो पत्रकारको योगा


९ श्रावण २०७८, शनिबार
y 1

काठमाडौं, ९ साउन । गुरु पूर्णिमाका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले योग कार्यक्रम आयोजना गरेको छ ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइने चलन छ ।

y1

यसै अवसर पारेर फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वस्थ जीवनका लागि योग कार्यक्रम आयोजना गरेको संस्थाका महासचिव प्रदिपराज वन्तले बताए ।

y2

‘गरौं योग, रहौं निरोग, मन र शरीरलाई शुद्ध गरौं’ भन्ने मुलनाराका साथ बौद्धगुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेद्धारा वौद्धस्थित सिदार्थ होटलमा २० जना फोटो पत्रकारहरुलाई एक घण्टाको योग अभ्यास सिकाइएको हो ।

उक्त अवसरमा पत्रकारहरुलाई नसा, स्वास प्रस्वास तथा मुटुका लागि उपयुक्त हुने पाँच प्रकारका योगासन सिकाइएको थियो । उक्त योगले कोरोना भाइरस संक्रमणबाट सुरक्षित राख्न समेत मद्दत पुग्ने कुरा गुरु रिम्पोछेले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७