टोकियो ओलम्पिक : भारतले पनि जित्यो पदक, तालिकामा चीन अगाडि


९ श्रावण २०७८, शनिबार
Mirabai Chanu 001 XkcmDWy8s5

काठमाडौं, ९ साउन । जापानको टोकियामा जारी ओलम्पिक–२०२० मा भारतले पनि पदक तालिकामा खाता खोलेको छ । मीराबाई चानुले भारोत्तोलनको ४९ किलोग्रामतर्फ स्पर्धामा भारतका लागि रजत पदक जित्दै पदक तालिकामा खाता खोलेकी हुन् । रजत जित्ने क्रममा चानुले २०२ किलोग्राम तौल उठाएर भारतलाई पहिलो पदक दिएकी हुन् । स्वर्ण जितेकी चिनियाँ विजो जुहईले २१० किलोग्राम तौल उचालिन् ।

ओलम्पिकमा भारोत्तोलनबाट भारतले पहिलो पटक रजत पदक जित्न सफल भएको हो । यो स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले काँस्य पदक जितेकी छन् । भारतका लागि पहिलो पदक जिताएकी चानुलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसहितले बधाई दिएका छन् ।

यसैबीच २ स्वर्ण र १ काँस्य पदकसहित चीन तालिकाको शीर्ष स्थानमा छ । इरान र दक्षिण कोरियाले पनि एक एक वटा स्वर्ण पदक जितेका छन् । भारतले एउटा रजत र एउटा काँस्य पदक जित्न सफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७