महन्थ सर्वोच्च अदालत गएपछि उपेन्द्र पक्षको बस्यो कार्यकारिणी समितिको बैठक


९ श्रावण २०७८, शनिबार
baburam upendra

काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक शुरु भएको छ । सांसद मोहम्मद इस्तियाक राईका अनुसार बैठकमा पाँच एजेण्डा रहेका छन् ।

समसामयिक राजनीतिक, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखिकरण, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने लगायतका एजेण्डा बैठकका रहेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षको पनि कार्यकारिणी समितिको बैठक बस्दै छ ।

पार्टी भित्रको विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेण्डा बैठकको रहेका छन् । जनता समाजवादी पार्टीको विवाद निरुपणका लागि निर्वाचन आयोगले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई साउन ११ गते उपस्थित हुन आदेश दिएको छ । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७