क्याप्टेन विजय लामाको प्रश्न : देश ठूलाबडा र धनीमानीका लागि लागि मात्रै हो ?

‘श्रम बेच्न विदेश गएका नेपालीको शव ल्याउँदा जति पीडा अरु केही हुन्न’


९ श्रावण २०७८, शनिबार
captain vijaya lama 95pw1wt5vb
?????????????????????????????????????????????????????????

काठमाडौं, ९ साउन । नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दुःख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने अनुभव व्यक्त गरेका छन् । ‘मनमा धेरै दुःख लाग्दा लाग्दै पनि बाध्य छौं शव ल्याउनलाई’, उनले भनेका छन्, ‘देशको स्थिति नै यस्तै छ । धनी र ठूलाबडाहरूलाई मात्रै हो त यो देश कि सबैलाई हो ?

1 11

आज (शनिबार) मलेसियाबाट २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याई पुर्‍याएपछि क्याप्टेन लामाले फेसबुकमा स्टाटस लेख्दै यस्तो उडान निकै पीडादायक हुने उल्लेख गरेका छन् । जुलाई १७ अर्थात गएको शनिवार १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानुपर्नेछ भन्दै लामाले यस्तो संख्या सरकारको लागि तथ्याङ्कमा मात्रै सीमित भए पनि मृतक व्यक्तिका आश्रित परिवारको सर्वस्व गुमेको उल्लेख गरेका छन् ।

2 11

यस्तै उनले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गरेका छन् । उनी नेतृत्वको नेवानि जहाजले एक सातामै ३७ वटा शव नेपाल ल्याएको छ । मलेसियामा ज्यान गुमाएका नेपाली युवा युवतीमध्ये अझै १८ जनाको शव ल्याउन बाँकी रहेको उनले बताएका छन् ।

3 6

उनले देशलाई बर्बाद पार्दै नेपाली दाजुभाइ दिदीबहिनीलाई विदेश जान बाध्य पारेकोमा राजनीतिक नेतृत्वसँग आक्रोश पोखेका छन् । ‘अब पनि पुगेन देशलाई बरबाद पार्दै नेपाली जनतालाई विदेश जान बाध्य बनाउने गरी एकआपसमा झगडा गर्न ?’, लामाले सोधेका छन्, ‘यति देखेपछि त केही गर्नु नि देश र जनताका लागि ! आफ्नो अनि पार्टीको स्वार्थ भन्दामाथि उठ्न सकिन्न र ?’

4 3
5 2
1 12

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७