महेश बस्नेतको चेतावनी : एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्छौं

‘राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्दा पनि हुन्छ’


९ श्रावण २०७८, शनिबार
mahesh basnet1626081116 1

काठमाडौं, ९ साउन । नेकपा एमालेका नेता महेश बस्नेतले ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । आज (शनिबार) युथ फोर्सको भ्याली कमाण्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउने कोशिस हुँदैछ । यस्तो भयो भने देशमा आगो बल्छ’ उनले भने ।

नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई चेतावनी दिएका छन् । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे । आज युर्थ फोर्सले काठमाडौं भ्याली कमाण्ड घोषणा गर्दै शक्ति प्रदर्शन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७