२,१९७ ले जिते कोरोना, ३,११४ नयाँ थपिए, १६ जनाको मृत्यु

काठमाडौ उपत्यकामा ६१५ जना संक्रमित थपिए


९ श्रावण २०७८, शनिबार
korona

काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २,१९७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार पाँच सय ६५ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३,११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा दुई हजार तीन सय नौ र एन्टिजेन परीक्षणमा आठ सय पाँच जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्र ६१५ जना सङ्क्रमित थपिएका छन् । यसमध्ये काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना रहेका छन् ।

यो अवधिमा १० हजार ६२५ जनाको पिसिआर परीक्षण र चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७