कलियुगका ‘हनुमान’ ले ओलीलाई धेरै बोक्दैनन् : प्रचण्ड

‘केपी ओली विक्षिप्त छन्, बरबराउँछन्’


९ श्रावण २०७८, शनिबार
Prachanda

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकलाई ‘हनुमान’ को संज्ञा दिएका छन् । ती समर्थकले पनि अब ओलीको साथ छोड्ने उनले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली इतिहासमा एकचोटी नराम्रोसँग पछारिएको टिप्पणी पनि गरेका छन् । अध्यक्ष ‘प्रचण्ड’ ले भने, ‘केपी ओली विक्षिप्त छन् अहिले । बरबराउँछन् । कहिले बालकोटको बार्दलीबाट बरबराउँछन्, कहिले कहाँ गएर बरबराउँछन, उनले थपे ‘अब यो बरबराहट पनि उनको धेरै दिन रहन्छ जस्तो लाग्दैन । उनकै पार्टीले उनलाई चिन्नेक्रम शुरु भइसकेको छ ।’

‘उनकै पार्टीले उनलाई चिन्नेक्रम शुरु भइसकेको छ’, प्रचण्डले भने, ‘जसलाई उनले आफ्नो हनुमान ठान्छन्, त्यो हनुमान पनि नेत्रायुगका हनुमान त होइनन्, कलियुगका हनुमान हुन् । धेरै बोक्दैनन् । त्यो दिन आउँछ भन्ने देख्छु मैले ।’ सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौती रहेको उल्लेख गर्दैै उनले मन्त्रीहरुलाई लापरबाही गर्ने कुनै छुट नभएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७