बालुवाटारमा गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी


९ श्रावण २०७८, शनिबार
meeting baluwatar 1627134250

काठमाडौं, ९ साउन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा सामेल दलहरूको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारामा जारी बैठकमा मन्त्रिपरिषद् विस्तार, साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् ।

प्रधानमन्त्री देउवाले बोलाएको सत्तारुढ गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले वरिष्ठ नेता नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७