आयरल्याण्डसँगको टी–ट्वान्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप’


१० श्रावण २०७८, आईतवार
south africa md1MwaeZ7c

काठमाडौं, १० साउन । दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्याण्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ । डुब्लिनमा गए राति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको १९० रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो ।
आयरल्याण्डका कप्तान एन्डी बलब्रिनीले सर्वाधिक २७ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्डे, लिजाड विलियम्स र मुल्डेरले २-२ विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ७२ रन र रिजा हेन्ड्रिक्सले ६९ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले अविजित रहँदै ३६ रन जोडे । आयरल्याण्डका सिमी सिंह र बारी म्याककार्थीले १-१ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३३ र दोस्रो खेलमा ४२ रनले रनले विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७