दलित कार्यकर्तालाई मन्त्री बन्न रोक्दै देउवा र कोइरालाले गण्डकीमा व्यापारीलाई मन्त्री बनाए


१० श्रावण २०७८, आईतवार
deuba and koirala

पोखरा, १० साउन । फरक–फरक खेमामा रहे पनि इमानदार कार्यकर्ता डोबाटे विश्वकर्मालाई मन्त्री हुनबाट रोक्न सभापति शेरबहादुर देउवा र महामन्त्री शंशाक कोइरालाको स्वार्थ मिलेको छ ।

उनीहरुको दबाबपूर्ण निर्देशनमा पोखराका धनाढ्य बिन्दुकुमार थापा मन्त्री बनेका छन् । तर, संविधानको समावेशी मर्मविपरित गण्डकीको मन्त्रिपरिषद् दलितविहिन बनेको छ । दूरदर्शी कांग्रेसका संस्थापक नेता विपी कोइरालाले २००९ मै दलित समुदायका धमानसिंह परियारलाई पार्टीको महामन्त्री बनाएका थिए ।

त्यसयता कांग्रेसको विधान मात्रै होइन, देशको संविधानमा पनि समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता भएको छ । तर विपीका उत्तराधिकारी शेरबहादुर र पुत्र तथा महामन्त्री शंशाक कोइरालाले दलित कार्यकर्तालाई पाखा लगाएर धनवान् व्यवसायीलाई मन्त्री रोजेका छन् ।

गण्डकी प्रदेशको मन्त्री बन्ने सूचीमा रहेका तनहुँका डोबाटे विश्वकर्माको नाम पार्टी सभापति तथा प्रधनमन्त्री शेरबहादुर देउवा र महामन्त्री कोइरालाको दबाबमा शनिबार अन्तिम समयमा काटिएको थियो ।

शपथका लागि घरबाट हिँडेका डोबाटे पोखरा नपुग्दै उनको ठाउँमा जग्ग व्यवसायी बिन्दुकुमार थापाले शपथ लिएका थिए । जग्गा कारोबारसँगैं होटल र अटो व्यवसायमा संलग्न उनी पोखराका धनाढ्य हुन् । यता गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पनि डोबाटेलाई न्याय गर्न नसकेको बताएका छन् । उनले घुमाउरो पारामा केन्द्रबाट दबाब आएको स्विकारे । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७