भारत महाराष्ट्रमा भिषण बाढी : ज्यान गुमाउनेको संख्या १२५ पुग्यो


१० श्रावण २०७८, आईतवार
India floods bEn79e8P8t

नयाँदिल्ली, १० साउन । भारतको महाराष्ट्रमा अविरल वर्षापछि आएको बाढीको कारण १२५ जनाको मृत्यु भएको छ । केही मान्छे बाढीमा हराइरहेका छन् ।

अविरल वर्षापछि आएको बाढीले महाराष्ट्रका सयौं गाउँ डुबानमा परेका छन् भने हजारौं मानिस विस्थापित भएका छन् । कयौं मानिस बाढीमा बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजीमा भारतीय सेना सहितको उद्दारकर्ता खटिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

महाराष्ट्रस्थित मौसम विभागका अनुसार यो वर्षा दशकौं पछिको निकै ठूलो हो । जलवायु परिवर्तनको कारण महाराष्ट्रमा भारी वर्षा भएको मौसमविदले अनुमान गरेका छन् ।

यसअघि चीनको मध्य क्षेत्रमा पर्ने हेनान प्रान्तमा पनि भिषण वर्षाले ठूलो जनधनको क्षति गरेको थियो । त्यहाँ बाढीका कारण झण्डै ६० जनाले ज्यान गुमाएका छन् । बाढी पहिरोमा अझै सातजना हराइरहेका सरकारी अधिकारीहरुले जनाएका छन् । चीनमा पनि जलवायु परिवर्तनकै कारण ठूलो वर्षा भएको अनुमान मौसमविद्ले गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७