खोप लगाएकालाई समेत पुनः संक्रमित गराउने कोरानाको अर्काे खतरनाक प्रकार फेला

भारतमा ‘अलर्ट’ जारी, वैज्ञानिक चिन्तामा


१० श्रावण २०७८, आईतवार
delta plus
Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

काठमाडाैं, १० साउन । अत्याधिक छिटो फैलिने कोरोना भाइरसको फेरि अर्काे नयाँ म्युटेसन देखिएपछि वैज्ञानिक चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट (प्रकार) भेटिएको वैज्ञानिकले बताएका छन् ।

यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको जनाइएको छ । छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा. विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन (म्युटेसन) भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलालई डेल्टा–३ पनि भनिन्छ । यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७