आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


१० श्रावण २०७८, आईतवार
badhi 3

काठमाडौं, १० साउन । अहिले देशभर पूर्ण बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । मौसम बदलीका कारण आज पनि देशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बर्षाका कारण आज महाकाली, नारायणी र यिनका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने मौसमविदले बताएका छन् । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र कर्णालीका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज संखुवासभा, खोटाङ, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ बाढीको पूर्वानुमान

iafkdgmkgm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७