ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु


१० श्रावण २०७८, आईतवार
accident tracktor 1

कास्की, १० साउन । कास्कीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पोखरा महानगरपालिका–२५, हेम्जामा तिब्बतीयन क्याम्पबाट लामाचौरतर्फ जाँदै गरेको ग १ त ६७४३ नम्बरको ट्याक्टर ढुङ्गामा ठोक्किएर पल्टिएको थियो ।

दुर्घटनामा ट्याक्टरमा सवार पोखरा–१६, बाटुलेचौर बस्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारका २३ वर्षीय सोमबहादुर कुमाल च्यापिएका थिए । उद्धार गरेर उनलाई फिस्टेल अस्पताल पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । दुर्घटनापश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७