आज पौडेल पक्षको बैठक बस्दै


१० श्रावण २०७८, आईतवार
Ramchandra Poudel

काठमाडौं, १० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज (आइतबार) बस्दै छ ।
कांग्रेसका महामन्त्री शशांक कोराइरालका स्वकीय सचिव भरत तिवारीका अनुसार बैठक मध्याह्न १२ बजे कोइराला निवासमा बस्ने छ ।

बैठकमा १४औं महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवादबारे छलफल हुनेछ । वरिष्ठ नेता पौडेलको संयोजनमा बस्न लागेको बैठकमा कांग्रेसको संस्थापनइतर समूहका महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, शेखर कोइरालालगायत सहभागी हुने उनले जानकारी दिएका छन् ।

यसैगरी बैठकमा संस्थापन इतर समूहमा रहेका क्रियाशील सदस्यता छनबिन समितिका सदस्यहरू प्रवक्ता प्रदीप पौडेल, कल्याण गुरुङ र जीवन परियार पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७