सरकार सञ्चालनमा सहजता थप्न गठित कार्यदलको बैठक बस्दै


१० श्रावण २०७८, आईतवार
purna bhadur khakda HSTlqSSFcn

काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनमा सहजता थप्न गठित कार्यदलको बैठक आज (आइतबार) बस्दै छ । मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम–कारबाही सम्बन्धमा साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक अपराह्न बस्न लागेको हो ।

आज अपराह्न ४ बजे कार्यदलको बैठक बस्न लागेको कार्यदलका सदस्य नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जानकारी दिएका छन् । केही दिनअघि सत्ता साझेदार दलहरूले कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा कांग्रेसबाट संयोजक खड्कासहित ३, नेकपा माओवादी केन्द्रबाट २ र जनता समाजवादी पार्टी (जसपा) बाट २ जना सदस्य छन् । कार्यदलमा महामन्त्री खड्कासहित कांग्रेस नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।

माओवादी केन्द्रका नेता पुनले सरकारलाई काम गर्न सहज हुनेगरी कार्यदल बनाइएको र यसले मन्त्रालय बाँडफाँट, साझा नीति तथा कार्यक्रम र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई सुझाव दिने बताएका छन् । उनका अनुसार कार्यदलले कूटनीतिक क्षेत्रका अन्य र राजदूत नियुक्तिलगायतमा पनि गठबन्धनका दलबीच भएका सहमतिका आधारमा नाम टुंगो लगाउने काम गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७