घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


१० श्रावण २०७८, आईतवार
gold

काठमाडौं, १० साउन । नेपाली बजारमा आज हप्ताको पहिलो दिन (आइतबार) सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७