राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा घोषणा


१० श्रावण २०७८, आईतवार
thumb 1 768x432 1

काठमाडौं, १० साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा घोषणा गरेका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फाका) वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिनुपरेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले दिनदिनै विधिन्न बहाना र नाटक गरी आफूलाई दुःख दिएपछि राजीनामा दिएको उनले बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत अलमुताइरीले एक्कासी राजीनामा घोषणा गरेका हुन् । उनले राजीनामा पत्र आजै एन्फामा बुझाउने बताएका छन् ।
मुख्य प्रशिक्षकको राजीनामा घोषणापछिको अवस्थाको छलफलका लागि एन्फामा बैठक बसिरहेको छ ।

एन्फा प्रवक्ता किरण राईले प्रशिक्षकको राजीनामा औपचारिक रुपमा नआएको बताएका छन् । ‘म एन्फामा राजीनामा दिन गइरहेको छु । वरिष्ठ उपाध्यक्षका कारण म राजीनामा दिन बाध्य छु’, उनले भनेका छन्, ‘पछिल्लो तीन हप्ता प्रत्येक दिन उनले ममाथि नाटक गरिरहेका थिए । अब उनी खुशी भए होलान् ।’

कुबेतका अलमुताइरीलाई २०७७ चैतमा एन्फाले नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक बनाएको थियो । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले टेक्निकल कमिटीको सिफारिसअनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिइएको थियो । त्यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७