संसदीय समितिमा माधव नेपालले भने– मर्नबाट जोगाइएको छ, हामी सबैलाई वधाई


१० श्रावण २०७८, आईतवार
madhav nepal.

काठमाडौं, १० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद फेरि पुनः स्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संसद पुनः स्थापनापछिको पहिलो बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुशी ब्यक्त गरेका छन् ।

उनले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, संसद फेरि पुनर्जीवित भएका छौं । हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षबाट सफल भएर भेट भएका छौं । संसद पुन: स्थापना नभएको भए हामी कारोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ जानुपर्ने अवस्था हुन्थ्यो, त्यसको हामीले अन्त गरेका छौं । अब संसदलाई प्रभावकारी बनाएर लैजानु पर्नेछ ।’

thumb 15

नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले हिजोको सरकारका नराम्रा कुराबाट सिकेर अघि बढ्नु पर्नेमा जोड दिए । सरकारले पूर्णता पाइनसकेको बताउँदै उनले सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरू कार्यान्वयन भएको छ कि छैन त्यसबारे क्रियाशील हुनुपर्ने बताए । उनले यसबारे सम्बन्धित मन्त्रीलाई भन्नुपर्ने, कर्मचारीतन्त्रलाई पनि सम्झाउनुपर्ने बताए ।

उनले आवश्यकता अनुसार नेपालको परराष्ट्र नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । साथै समितिको बैठकलाई प्रभावकारी बनाउन नियमित रूपमा बैठक सञ्चालन गर्न, विषय विज्ञसँग छलफल गर्न र बैठकमा नियमित रूपमा सहभागी हुन सांसदहरूलाई आग्रह पनि गरे । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार २८ गते पुनः स्थापनाको फैसला गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७