बेंसीशहर–चामे सडक खण्ड : नयाँ ट्रयाक खोल्न अध्ययन थालियो


१० श्रावण २०७८, आईतवार
dojarSadak Pyuthan 20180819004311

लमजुङ, १० साउन । लमजुङलाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढी पहिरोको कारण गत जेठ १४ गतेदेखि बेंसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत् समेतबाट समेत सम्बन्ध टुटेको छ ।

सो सडक खण्डको धेरै भागमा नयाँ ट्रयाक खोल्नुपर्ने भएपछि नेपाली सेनाको प्राविधिक टोलीले शनिबारदेखि अध्ययन थालेको जनाइएको छ । प्राविधिक टोलीको नेतृत्व महासेनानी इन्दिवर गुरुङले गरेका छन् । उनकै नेतृत्वमा तत्कालीन समयमा बेंसीशहर–चामे सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नयाँ ट्रयाक खोल्न सेनाको प्राविधिक टोलीले अध्ययन थालेको जानकारी दिए । बेंसीशहर–चामे सडक खण्डको प्रायःजसो ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सो टोलीले यस्ता स्थानमा सडक निर्माण गर्न मिल्ने, नमिल्ने विषयमा अध्ययन गर्ने नेपाली काँग्रेसका सभापति टेकबहादुर गुरुङले जानकारी दिए । ‘मनाङवासीको सहज र सुरक्षित यातायातका लागि सडक सञ्जालसँग छिटो जोडिनु पर्छ’, उनले भने ।

पूर्वमन्त्री गुरुङ, सेनाका टोली, गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी लामिछाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का र समाजसेवी खामसुङ गुरुङ लगायतले अध्ययन थालेका हुन् । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि प्राविधिक टोलीले सो सडक खण्डको नयाँ ट्रयाक खोल्ने प्रक्रियामा अगाडि बढ्ने छ । प्राविधिक टोली अध्ययन तथा अनुसन्धानका लागि पुगेपछि जिल्लावासी हर्षित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७