मोटरसाइकल दुर्घटनामा युवकको गयो ज्यान


१० श्रावण २०७८, आईतवार
death

दाङ, १० साउन । दाङमा गए राति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो । मृतक रानाको शव शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७