जसपा अध्यक्ष ठाकुरको रिट रेग्मीको एकल इजलासमा सुनुवाइ


प्रकाशित मिति : July 25, 2021

काठमाठौं, १० साउन । निर्वाचन आयोगको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले दर्ता गरेको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने भएको छ ।

दलभित्रको विवाद निरुपणका लागि केन्द्रीय कार्यकारिणी समितीका पदाधिकारीहरुको सनाखत गराउने भनी निर्वाचन आयोगले दिएको आदेश विरुद्ध ठाकुर सर्वोच्च अदालत गएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले उक्त निवेदन रेग्मीको इजलासमा तोकेका हुन् ।

तत्कालीन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा क्षेत्राधिकार बाहिर गएर आदेश गरेको भनी न्यायाधीश रेग्मी सहित इजलासमा रहेका अर्का न्यायाधीश बमकुमार श्रेष्ठको आलोचना हुने गरेको छ ।

रेग्मी सहितको इजलासले एमाले र माओवादी केन्द्र अलग अस्थित्वमा हुने भनी गरेको आदेशका कारण राजनीतिक रुपमा अप्ठेरोमा परेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा भएको थियो ।

अहिले पनि जनता समाजवादी दल दुई खेमामा बाडिएका बेला त्यस्तै प्रकृतिको निवेदन न्यायाधीश रेग्मीको इजलासमा परेको हो । जसपा नेता ठाकुरको निवेदन आठौं नम्बरमा छ । उक्त निवेदनमाथि भिडियो कन्फ्रेन्सिङका माध्यमबाट सुनुवाई हुनेछ

प्रतिक्रिया दिनुहोस्