गण्डकी सरकार विस्तारमा अक्षम्य भुल भयो : शेखर कोइराला


१० श्रावण २०७८, आईतवार
shekhar koirala

काठमाठौं, १० साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकार विस्तारमा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई लत्याउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

उनले यसलाई पार्टीले गरेको अक्षम्य भुल भएको बताएका छन् । यसले दलित समुदायप्रति अपमान गरेको उनको भनाई छ । गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्माको नाम अन्तिममा काटेर व्यापारी पृष्ठभूमिका विन्दु थापालाई मन्त्री बनाइएको थियो ।
‘सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुःखित बनाएको छ ।

त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ’, कोइरालाले भनेका छन्, ‘भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ?’

सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै नभएको भन्दै उनले व्यवहार र लोकतान्त्रिक आचरण भएको उल्लेख गरेका छन । वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ कांग्रेसले समाजलाई दिनुपर्ने उनको भनाई छ । कोइरालाले यो गल्तीलाई तुरुन्त सच्याउनु पर्ने बताएका छन् । ‘भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्छ । सबैले हेक्का राखौं’, कोइरालाले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७