ओलीको दावी : देशको सबैभन्दा बढी जनसंख्या मेरो साथमा छ


१० श्रावण २०७८, आईतवार
kp sharma oli

काठमाडौं, १० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सबैभन्दा बढी जनसंख्याको साथ आफूसँग रहेको दावी गरेका छन् ।

आज (आइतबार) अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रममा ओलीले एमालेलाई देशको सबैभन्दा बढी जनताको साथ रहेको दाबी गरेका हुन् । ‘देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ । देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ । एउटा, दुईटा कसले कविता न सविता भनेर लेख्छ । त्यसका पछाडि नेकपा एमाले कुद्छ ?’, ओलीको प्रश्न छ ।

ओलीले एक जनाले आक्रोशपूर्ण कविता लेखेको भन्दै आफूलाई दया लागेको बताए । उनले आफूसँग दुई, चार जनाको झुण्ड नभएर देशै सबैभन्दा बढी जनसंख्याको साथ रहेको बताएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७