नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बिमा योजना’


१० श्रावण २०७८, आईतवार
afkdkgm1627199776

काठमाडौं, १० साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो केटाकेटी जीवन बिमा योजना’ सावधिक जीवन बिमा ल्याएको छ ।
यो योजनामा एक वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाको पाँचदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम एक लाखदेखि आम्दानीको आधारमा अधिकतम बिमांक छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

यस सावधिक जीवन बिमालेखमा एकदेखि सात वर्षसम्म उमेर भएको बिमितको बिमा प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपश्चात् वा सात वर्ष उमेर पूरा भएपश्चात् (जुन पछि आउँछ) मात्र बिमालेखअन्तर्गतको जोखिम प्रारम्भ हुने जनाइएको छ । त्यस्तै बिमितको उमेर आठ, नौ वर्ष भएमा १० वर्ष पूरा भएपछि र बिमितको उमेर १०, ११ वर्ष भएमा बिमाको वार्षिकोत्सव मितिदेखि बिमालेखअन्तर्गतको जोखिम प्रारम्भ हुनेछ ।

बिमालेख परिपक्व अवधिसम्म बिमित जीवित रहेमा बिमांक रकम र आर्जित बोनस एकमुस्ट प्रदान हुनेछ । कथमकदाचित बिमाको जोखिम प्रारम्भ हुनुअगावै बिमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बिमा शुल्क (ऐच्छिक बिमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिने छ ।

त्यसैगरी, बिमा जोखिम प्रारम्भपश्चात् बिमितको मृत्यु भएमा तत्काल बिमांक रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बिमांक रकम र आर्जित बोनस रकम ब्याजसहित एकमुस्ट बिमा अवधि समाप्तीमा प्रस्तावकलाई भुक्तान गरिने कम्पनीले जनाएको छ ।

वार्षिक तीन किस्ता बिमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बिमालेखमा तीन वर्ष पूरा भएपश्चात् समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ । यदि, बिमाशुल्क छुट सुविधा लिएको छ भने यस बिमालेखले प्रस्तावकको जोखिमसमेत बहन गर्नेछ । बिमालेख चालु रही बीमा अवधिभित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अंगभंग भई स्थायी अशक्तता भएमा बाँकी बिमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपांगता, अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपांगता अशक्त सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

मासिक आय सुविधा लिएको अवस्थामा बिमालेख प्रारम्भ भएपश्चात् बिमा प्रस्तावको मृत्यु भएमा मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बिमांकको १ प्रतिशत रकम मासिक रुपमा केटाकेटी १८ वर्ष वा बिमा अवधि समाप्ति (जुन अगाडि आउँछ) सम्म कम्पनीले उपलब्ध गराउनेछ । त्यसैगरी, बच्चाको जोखिम कभर सुविधा लिएका बिमितको हकमा बिमा प्रारम्भ भएको दुई वर्षपश्चात् नै बच्चाको जोखिम वहन गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७