धादिङमा १० दिनदेखि हराइरहेकी सम्झना जङ्गलमा मृत फेला


१० श्रावण २०७८, आईतवार

धादिङ, १० साउन । धादिङमा १० दिनदेखि बेपत्ता एक युवती मृत फेला परेकी छिन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जङ्गलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन ।’ मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७