खल्तीले ल्यायो मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक अफर


१० श्रावण २०७८, आईतवार
akfkdmgmg1627200187

काठमाडौं, १० साउन । खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर ल्याइएको छ । यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी क्यासब्याक रहेको खल्तीको ब्रान्ड तथा मार्केटिङ प्रबन्धक शिरीष श्रेष्ठले जानकारी दिए ।

एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफरअन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा खल्ती आइडी रहेको छ, सोही नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै, खल्ती केवाईसी पनि भेरिफाइ भएको युजर खाता हुनुपर्नेछ ।

यही साउन ७ गतेदेखि सुरु भएको यो योजना सीमित अवधिका लागि रहेको जनाइएको छ । क्यासब्याक हरेक नेपाली महिनाअनुसार एक महिनाको अधिकतम सय हुनेछ । त्यसपश्चात् सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७