उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त


१० श्रावण २०७८, आईतवार
umesh shrestha KhqLS18e9U

काठमाडौं, १० साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई आज (आइतबार) स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

कांग्रेसका सांसद श्रेष्ठ ललितपुरको लिटिल एन्जल्सका सञ्चालक हुन् । श्रेष्ठ प्याब्सनका पूर्व अध्यक्ष समेत हुन् । संविधानको धारा ७६ को उपधारा ९ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री आफैले राखेका छन् । कोरोना महामारीको समयमा लामो समयसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कसैलाई पनि तोक्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७