खातामा रकम नभएको चेक दिएर १० लाख ठगी गर्ने महिला पक्राउ


१० श्रावण २०७८, आईतवार

काठमाडौं, १० साउन । खातामा रकम नभएको जान्दा–जान्दै चेक दिएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका–४ हात्तिगौडा निवासी ४५ वर्षीया निता भण्डारीलाई पक्राउ गरेको हो । भण्डारीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी मुक्तिनाथ विकास बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ ।

उनलाई उच्च अदालत पाटनबाट गत वैशाख ६ गते बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा १० लाख जरिवाना र चार दिन कैद सजाय हुने फैसला भएको थियो । पक्राउ परेकी नितालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७