२,०५० ले जिते कोरोना, २,२३७ नयाँ थपिए, १८ जनाको मृत्यु


१० श्रावण २०७८, आईतवार
korona

काठमाडौं, १० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५० कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २,२३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो कुल परीक्षणको १६ प्रतिशतभन्दा केही बढी हो । हिजो शनिवारको तुलनामा आज संक्रमण दर केही घटेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या सात लाख ३४ हजार ७९९ पुगेको छ ।

आज १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ । यस्तै आज काठमाडौं उपत्यकामा ६२४ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना रहेका छन् ।

अहिले नेपालमा २७ हजार दुई सय २८ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७