मलाई स्वास्थ्य क्षेत्रको इञ्च–इञ्च समस्या थाहा छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ, उपराष्ट्रपति पनि उपस्थित


१० श्रावण २०७८, आईतवार
Umesh shrestha minister

काठमाडौं, १० साउन । नव नियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिक कोरोनाविरुद्धको खोप हुने बताएका छन् । आज (आइतबार) सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ लिइसकेपछि राज्यमन्त्री श्रेष्ठले अहिलेको आवश्यकता खोप भएको र आफू बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले काम गर्ने बताएका छन् ।

‘अहिलेको सबैभन्दा मुख्य आवश्यकता खोप हो । खोप व्यवस्थापन मेरो प्राथमिकतामा पर्नेछ । बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुग्नेगरी काम गर्नेछु’, उनले भने ।

उनले आफूसँग शिक्षासँगै स्वास्थ्य र खेल क्षेत्रको लामो अनुभव रहेको दावी गरे । ‘मैले लामो समय शिक्षा, स्वास्थ्य र खेलकुद समितिमा बसेर काम गरेको छु । मलाई स्वास्थ्यको इञ्च–इञ्च समस्याका बारेमा थाहा छ । नेपालको स्वास्थ्य सेवालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयलाई म एकदमै प्राथमिकता दिएर काम गर्नेछु’, उनले भने ।

सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ, उपराष्ट्रपति पनि उपस्थित
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीहरु समेतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन् ।

umesh shrestha sapath 1

यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो । शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो । शपथ समारोह राष्ट्रपति कार्यालयमै हुँदा पनि राज्यमन्त्रीलाई शपथ भने प्रधानमन्त्रीले नै गराउने प्रचलन थियो ।

तर कोरोना महामारीको समय भन्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नु नपर्ने भनी उल्लेख गरेको थियो । यसअघि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग शपथ लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७