नबिल बैंकको ‘नबिल डिबेन्चर २०८५’ निष्काशन, सर्वसाधारणलाई १२ लाख कित्ता


१० श्रावण २०७८, आईतवार
Artwork

काठमाडौं, १० साउन । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निष्काशन गरेको छ ।

‘८५ नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको हो । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ ।

नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७