लेवान्डोस्कीलाई ‘फुटबलर अफ दी इयर’ अवार्ड


११ श्रावण २०७८, सोमबार
lewondoski1627262227

काठमाडौं, ११ साउन । रोबर्ट लेवान्डोस्कीले ‘जर्मनी फुटबलर अफ दी’ इयर अवार्ड पाएका छन् । किकरले आइतबार लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ दी इयर अवार्ड प्रदान गरेको हो । जर्मनीको खेल पत्रकारहरुको भोटका आधारमा लेवान्डोस्की वर्ष खेलाडी चुनिएका हुन् ।

३२ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । उनले ३५६ भोट पाएका थिए । मुलरले ४१ र हालाण्डले ३८ भोट पाएका थिए ।

लेवान्डोस्की जर्मन फुटबल लिग बुन्डेस लिगा फुटबलका सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले गत सिजन युरोपियन प्रतियोगिताहरुमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट पनि पाएका थिए । बायर्नका लेवान्डोस्कीले ४१ गोल गरेका थिए । लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७