एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन


११ श्रावण २०७८, सोमबार
death

सउल, ११ साउन । दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए । बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

उपचारारत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए । उनी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्य समेत हुन् ।

भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए । हाल शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ । उनीकी श्रीमती र छोराछोरी हाल नेपालमा छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७