हिमाचलको सडकमा भिषण पहिरो, नौं पर्यटकको मृत्यु (भिडियो)


११ श्रावण २०७८, सोमबार
landslide in Himachal Pradeshs Kinnaur

काठमाडौं, ११ साउन । भारतको हिमाचल प्रदेशको किन्नौर जिल्लमा पहिरोपछि यति तीव्र गतिमा ढुङ्गाहरू खसे, बस्पा नदीमा बनेको पुल नै भाँचिन पुग्यो ।

himachal anurag ZXeYOqnDjb

यस घटनामा ९ जना पर्यटकको मृत्यु भएको छ भने ३ जना गम्भीर रूपमा घाइते रहेका छन् । घटनामा ज्यान गुमाउने ४ जना राजस्थान, २ जना छत्तीसगढ र एक–एक जना महाराष्ट्र र पश्चिम दिल्लीका रहेका छन् । एक मृतकको राज्य वा सहरको ठेगाना खुलेको छैन ।
पर्यटक सवार एचआर ५५ एजी ९००३ नम्बरको गाडी छितकुलबाट सांगलातर्फ गइरहेका थिए । बटसेरीको गुंसा छेउ रहेको पुलमा ढुङ्गा खसेपछि टुट्न पुग्यो । यसको चपेटामा पर्यटकीय बस पनि पर्‍यो ।

Capture 9

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । हिमाचलको किन्नौरमा ढुङ्गा खस्ने क्रममा शनिबारदेखि नै जारी रहेको छ ।

मृतकमा एकै परिवारका ३ जना
पहिरोमा परी मृत्यु भएकामा एकै परिवारका ३ जना पनि छन् । भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थानस्थित सिकर निवासी अनुराग बियाणी, उनका आमा देवयानी र बहिनी रिचाको मृत्यु भएको हो । ३१ वर्षीय अनुराग बम्बईस्थित कम्पनीमा सेक्रेटरी थिए । एजन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७