स्कुटरको ठक्करबाट पैदलयात्रीको गयो ज्यान


११ श्रावण २०७८, सोमबार
accident in river

कास्की, ११ साउन । कास्कीको पोखरा महानगरपालिका–१७, बरालफिडमा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–४ घर भई पोखराको विरौटा बस्ने ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट घाइते भएका गुरुङलाई सामान्य उपचारपश्चात् घर लगिएको थियो ।

घर लग्नासाथ अचेत भएपछि उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगियो । अस्पताल पुर्‍याउना साथ डाक्टरले राति करिब १२ बजे मृत घोषणा गरेका थिए । आइतबार साँझ करिब साढे ७ बजे छोरेपाटनबाट विरौटातर्फ जाँदै गरेको ग ९प ७५०९ नम्बरको स्कुटरले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो । ठक्कर दिने स्कुटर र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७