निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत शुरु

‘हेड काउन्ट’ रोक्न ठाकुर पक्षको निवेदन, तर निर्वाचन आयोग मानेन


११ श्रावण २०७८, सोमबार
jasapa5.jpg .2021 06 18

काठमाडौं, ११ साउन । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत शुरु भएको छ ।

सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ शुरु भएको बताए । उनले जसपाको आधिकारिकतासम्बन्धी निर्णय आजै आउन पनि सक्ने बताए ।

‘हेड काउन्ट’ रोक्न ठाकुर पक्षको निवेदन, तर निर्वाचन आयोग मानेन
जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवाद निर्वाचन आयोगले आजै टुङ्गो लगाउने भएपछि त्यसलाई रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुर पक्षले निवेदन दिएको छ ।

तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता हुँदा हस्ताक्षर गरेका ५१ जना कार्यकारिणी सदस्यको टाउको गनेर आयोगले आधिकारिकता विवाद टुंग्याउने तयारी गरेको छ । तर कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर पक्षले आइतवार सर्वोच्च अदालतले दिएको आदेशका आधारमा तत्काललाई ‘हेड काउन्ट’ रोक्न निवेदन दिएको हो । तर आयोगले प्रक्रिया अघि बढिसकेको भन्दै कार्यकारिणी समिति सदस्यहरुको सनाखत थालिसकेको छ ।

‘सर्वोच्च अदालतले यस विवादबारे परेको रिटमाथि साउन १५ मा अन्तरिम आदेश दिने नदिने टुंगो गर्ने भएकाले अहिलेको प्रक्रिया रोक्न हामीले निवेदन दिएका थियौं’, झाले भने, ‘तर आयोगले सनाखत थालिसकेको छ । हामी पनि आयोगमा उपस्थित भइसकेका छौं । हाम्रो निवेदनलाई आयोगले अस्वीकार गरेर प्रक्रिया अघि बढाएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७