जसपा ‘हेड काउन्ट’ : महन्थ पक्षका राजकिशोर र मनिष सुमन उपेन्द्रको लाइनमा


११ श्रावण २०७८, सोमबार
jasapa headcount 5 aUBmY1PnBW

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको सनाखत ‘हेड काउन्ट’ गर्दा महन्थ ठाकुर पक्षका दुई नेता उपेन्द्र यादव पक्षको लाइनमा देखिएका छन् ।

केपी ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका राजकिशोर यादव र प्रदेश–२ का सांसद मनिस सुमन अन्तिम समयमा यादव पक्षमा लागेपछि महन्थ पक्ष झन् कमजोर बनेको छ ।

महन्थ पक्षले हेड काउन्ट रोकेर सर्वोच्च अदालतले साउन १५ मा बोलाएको सुनुवाइ सकिएपछि मात्र गर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले ठाकुरको कुरा सुनुवाइ नगरी जसपाको आधिकारिकता टुंगो लगाउन लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७