रेशम चौधरीको अडान : जेलबाट सनाखत गर्दिन, निर्वाचन आयोग नै जान्छु


११ श्रावण २०७८, सोमबार
resham chaudhary jasapa22 uPKVLFg162

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता ववादमा एक केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीले आफूले जेलबाट सनाखत नगर्ने अडान राखेका छन् ।

उनले आफू निर्वाचन आयोग पुगेर मात्रै सनाखत गर्न पाउनुपर्ने अडान राखेको एक पदाधिकारीले जानकारी दिएका छन् । निर्वाचन आयोगले जसपा विवादमा अहिले हेड काउन्ट गर्दैछ ।

‘म जेलबाट सनाखत गर्दिन, म निर्वाचन आयोग नै पुगेर हस्ताक्षर गर्छु भनेर अडान राख्नु भएको छ’, आयोग स्रोतले भन्यो । तर निर्वाचन आयोगले भने जेलमा पुगेर सनाखत गराउने तयारी गरेको छ । टीकापुर काण्डका कारण निलम्बित सांसद चौधरी अहिले काठमाडौंको डिल्लीबजारस्थित कारागारमा छन् । यसअघि महन्थ ठाकुर पक्षका नेता उनी पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति असन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७