जसपा विवाद : उपेन्द्रको पक्षमा ३४ सदस्यले गरे सनाखत, राजकिशोर र मनिष पनि


११ श्रावण २०७८, सोमबार
Upendra mahantha

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेका छन् । उनले रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको जानकारी गराए ।

केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो । निर्वाचन आयोगले गरिरहेको ‘हेड काउन्ट’ का क्रममा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मनीषकुमार सुमन र राजकिशोर यादव पनि यादवतिर लागेका छन् । यादव यसअघि केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएका थिए भने मनीष सुमन प्रदेश–२ का सांसद हुन् ।

‘हाम्रो पक्षमा अहिलेसम्म ३४ जना सदस्यले हस्ताक्षर गरिसकेका छन् । अझै रेशम चौधरी पनि आउँदै हुनुहुन्छ’, अध्यक्ष यादवले भने, ’यो संख्या अझै बढ्न सक्छ । हाम्रो पक्षमा, पार्टी एकताको पक्षमा पूरा बहुमत आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७